पोखरामा सैनिक खेलाडी खसेर बितेपछि देशैभर प्याराग्लाइडिङ ठप्प

पोखरामा सैनिक खेलाडी खसेर बितेपछि देशैभर प्याराग्लाइडिङ ठप्प

सरकारले प्याराग्लाइडिङ उडान बन्द गरेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडी प्याराग्लाइडिङबाट खसेर मुत्यु भएपछि देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना नआएसम्म देशका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

उक्त खेलको क्रममा आकाशबाट एक सय मीटर तल भुईंमा खसेका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निशिम थापाको केही समयअघि मात्र मृत्यु भएको हो ।

टिप्पणीहरू