डेंगुबाट ४८ को मृत्यु, सक्रिय संक्रमित ४० हजार नाघ्यो
देशका ७७ वटै जिल्लामा फैलिएको डेंगु संक्रमणबाट पछिल्लो तीन महिनामा ४८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म डेंगुबाट ४८ जनाले ज्यान गुमाएका छन् ।
हाल मुलुकभर ४० हजार २९ जनामा डेंगु देखिएको छ । तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२, ललितपुरमा आठ हजार ७१४ र भक्तपुरमा दुई हजार ७३० जनामा पुष्टि भएको छ ।
उपत्यका बाहिरका जिल्लामध्ये मकवानपुरमा चार हजार ५०, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार ४६०, रुपन्देहीमा एक हजार १७५ र धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ ।
टिप्पणीहरू