जजिराको उडान रोकियो,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान
कुवेतको जजिरा एअरवेजले उडान संख्या कटौती गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान भएको छ । दैनिक एक उडानलाई साताको तीन उडानमा झारिएसङ्गै नयाँ विमानस्थल सुनसान भएको बताइन्छ ।
जजिराले यात्रु अभाव देखाउँदै उडान कटौती गरेको हो । कम्पनीले गत बुधवार,बिहीवार र शुक्रवारको उडान एक्कासी रोकेपछि यताबाट कुवेत जान खोज्ने यात्रुको बिचल्ली भएको छ ।
चार दिनपछि गत शनिवार उडान गरेको जजिराले यात्रुलाई बिचल्लीमा पारे पनि सम्बन्धित निकायले चासो नदिएको बताइन्छ । कम्पनीले भैरहवाबाट उडान भर्ने यात्रु संख्यामा क्रमशः कमि आएको बताएको छ । उसले नेपाल सरकारले भैरहवामा स्थापना गरेको श्रम कार्यालय हालसम्म सञ्चालनमा नल्याएकाले एउटा गन्तव्यमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने अवस्थामा पुगेको हो ।
टिप्पणीहरू