बागीलाई अन्तिम मौका दिन बालुवाटारमा…

बागीलाई अन्तिम मौका दिन बालुवाटारमा…

आज सत्ता गठबन्धनको बैठक बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील जारी गर्ने बताइएको छ ।

योसँगै आजको बैठकमा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएर फिर्ता नगर्नेलाई सम्बन्धित दलले कारबाही गर्नेलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।

यसअघि बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आ-आफ्ना पार्टीका बागी उम्मेदवारलाई नाम फिर्ता लिन निर्देशन दिएका थिए । त्यसलगत्तै केही बागीले आफ्नो नाम फिर्ता लिएपनि धेरैजसोले निर्देशन अवज्ञा गर्दै उम्मेदवारी फिर्ता लिन अटेर गर्दै आएका छन् ।

टिप्पणीहरू