मतदाता पौने दुई करोड, मतपत्र चार करोड

मतदाता पौने दुई करोड, मतपत्र चार करोड

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै दुई करोड मतदाताले मतदान गर्ने बताएको छ । मुलुकभरका एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता यस पटकको निर्वाचनमा सहभागी हुने आयोगले जानकारी दिएको छ ।

जसमा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र अन्य मतदाता १८५ जना छन् ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा १० हजार ८९२ मतदानस्थल र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा २२ हजार २२७ मतदान केन्द्र रहने छन् । आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र समानुपातिकतर्फ मतदान गर्न चार करोड थान मतपत्र छाप्न थालेको छ ।

टिप्पणीहरू