सत्यमोहनको देहान्तमा भोलि देशभर शोक बिदा

सत्यमोहनको देहान्तमा भोलि देशभर शोक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज विज्ञप्ति जारी गर्दै गृहले जोशीको निधनको शोकमा सबै सरकारी कार्यालय,सार्वजनिक संघसंस्था,विदेशस्थित कूटनीतिक नियोगहरु बन्द हुने जानकारी गराएको छ ।त्यस्तै,भोलि राष्ट्रिय झण्डा झुकाउने गृहको सूचनामा उल्लेख छ । वाङ्मय शताब्दी पुरुष जोशीको हिजो बिहान उपचारको क्रममा देहान्त भएको थियो । १०३ वर्षीय उनको किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा प्राणान्त भएको हो ।

टिप्पणीहरू