असोज मसान्तमा प्रहरीले रुख रोप्यो
जिल्ला प्रहरी कार्यालय सप्तरीले ६७ औँ ‘प्रहरी दिवस २०७९’ को अवसरमा वृक्षरोपण गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको सहकार्य र कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेको कमाण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
मातहतका कार्यालयमा वृक्षरोपण गरिएको प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी नरेशकुमार सिंहले बताए । आ–आफ्नो प्रहरी कार्यालयको कम्पाउण्डमा आँप, कटहर, लिची, सुन्तला, कागती, अमला, बर, पिपललगायत विभिन्न जातजातिका चार सय ६७ वटा विरुवा रोपेर प्रहरी दिवस मनाइएको उनले जानकारी दिए ।
त्यस्तै, तालुक अड्डा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) र प्रहरी कार्यालय, सप्तरीको संयुक्त आयोजनामा आजै विभिन्न मठमन्दिरको सफाइ गरिएको छ ।
राजविराजमा रहेको राजदेवी र भगवती मन्दिरका साथै सम्पूर्ण प्रहरी इकाइहरुले आ–आफ्नो वडामा रहेको मठमन्दिरको सफाइ गरेका हुन् ।
टिप्पणीहरू