अख्तियार प्रमुख राष्ट्रपति भेट्न शीतल निवासमा
राष्ट्रपति विद्यादेवी भण्डारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गर्नुभएको छ ।
प्रमुख राई राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न अपरान्ह सवा ४ बजेको समयमा शीतल निवास पुग्नुभएको बताइन्छ । उहाँहरुबीच साढे ४ देखि झण्डै एक घण्टा छलफल भएको थियो ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएर तीन दिनको अस्पताल बसाईपछि अहिले शीतल निवासमा आराम गरिरहनुभएको छ । उहाँ अघिल्लो शनिवार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर गत मंगलवार मात्र डिस्चार्ज हुनुभएको हो ।
टिप्पणीहरू