रुसको आवासीय क्षेत्रमा लडाकू विमान खस्यो

रुसको आवासीय क्षेत्रमा लडाकू विमान खस्यो

रुसको दक्षिणी शहर एसकको आवासीय क्षेत्रमा एउटा सैन्य विमान खसेको छ । विमान खसेपछि भएको आगलागीमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उक्त घटनामा हालसम्म २५ जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार विमान खसेपछि एउटा अपार्टमेन्टमा आगो लागेको थियो ।

उता रुसी रक्षा मन्त्रालयले सैन्य प्रशिक्षणमा रहेको सु–३४ लडाकू विमानको एउटा इञ्जिनमा अचानक आगो लागेपछि विमान खसेको जनाएको छ ।

मस्कोबाट प्राप्त समाचारमा जनाइएअनुसार विमानमा सवार पाइलटहरूले विमान खस्नुअघि नै प्यारासुटबाट सुरक्षित अवतरण गरेका थिए ।

टिप्पणीहरू