दुई दर्जन पाकिस्तानी पाहुना भक्तपुर अवलोकनमा व्यस्त

दुई दर्जन पाकिस्तानी पाहुना भक्तपुर अवलोकनमा व्यस्त

नेपाल भ्रमणमा आएको झण्डै दुई दर्जन पाहुनाले आज भक्तपुरको भ्रमण गरेका छन् । पाकिस्तानी प्रतिनिधिमण्डललाई सबैभन्दा पहिले भक्तपुर नगरपालिकामा स्वागत गरिएको छ ।

भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासको अध्ययन गर्न भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका पाकिस्तानी स्थानीय सरकारका प्रमुख एवम् मेयर साहिद अलिल गायतको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय दिँदै विकास निर्माण र सम्पदा संरक्षणको कार्यमा नगरपालिकाले स्थानीय जनता परिचालन गरेको जानकारी दिनुभएको छ । स्थानीलाई रोजगारी सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भक्तपुरले स्थानीय जनता परिचालन गरी विकास निर्माणका काम सफलतापूर्वक सञ्चालन गरेको बताउनुभएको छ ।

स्वागत कार्यक्रमपछि प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

पाकिस्तनी टोलीमा खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा सञ्चालित जी.आई.जेड. पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रमका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरू सहभागी छन् ।

टिप्पणीहरू