जर्मन चिकित्सकहरुले गरे नर्भिक अस्पतालको प्रशंसा
जर्मनीका विशेषज्ञ चिकित्सकहरुको टोलीले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन गरेको छ । नेपाल भ्रमणमा आएका जर्मनीका विभिन्न अस्पतालमा कार्यरत ६० विशेषज्ञ चिकित्सकहरु आज नर्भिक हस्पिटल पुगेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले स्वागत गरेपछि नर्भिकको व्यवस्थापन टोलीले अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाबारेमा जानकारी गराउँदै स्थलगत अवलोकन गराएको थियो ।
इमरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरेको जानकारी दिएका हुन् । साथै, अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीको उपचार सेवामा पुर्याउँदै आएको योगदानलगायत विषयमा पनि टोलीलाई अवगत गराएको बताइएको छ ।
जर्मन चिकित्सकहरुले नर्भिक जस्तो अत्याधुनिक अस्पताल नेपालमा पनि रहेको भन्दै प्रशंसा गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू