आकाशमै यात्रुले एअरहोस्टेजको औँला टोकेपछि आकस्मिक अवतरण

आकाशमै यात्रुले एअरहोस्टेजको औँला टोकेपछि आकस्मिक अवतरण

हवाई उडानका क्रममा यदाकदा अपत्यारिला र अचम्मका घटना हुने गर्छन् । कतिपय त्यस्ता घटना हवाई सुरक्षाका दृष्टिले निकै संवेदनशील पनि हुन्छन् । हालै एउटा त्यस्तै घटना भएको छ ।

इन्डोनेसियाको राजधानी जाकार्ताका लागि उडेको टर्किस एयरलाइन्सको विमानभित्र मदिरा सेवन गरेर मातेका एक यात्रुले विमान परिचारिकाको औंला टोकिदिएपछि आपतकालीन अवतरण गरिएको हो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त घटनाको भिडियोमा ती यात्रुले प्लाष्टिक ह्यान्डकफ लगाएकी विमान परिचारिकालाई मुक्का प्रहार गर्दै औँला टोकेको देखिन्छ । घटनापछि जाकार्तामा अवतरण गर्ने तालिका रहेको इस्तानबुलबाट उडेको विमानलाई क्वालालम्पुर डाइभर्ट गरेर त्यहाँको विमानस्थलमा अवतरण गरिएको थियो ।

समाचारमा जनाइएअनुसार मदिरा सेवन गरेका ती यात्रुले लफडा गर्न थालेपछि उडानदलका कर्मचारीले शान्त रहन चेतावनी दिएका थिए । तर, उनले उडानमा रहेकी एअर होस्टेजकै औंला टोकिदिए ।

टिप्पणीहरू