प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगको पुर्जी
निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले प्रधानमन्त्री कार्यालयलाई यसबारे प्रष्ट पार्न भनेको छ ।
आयोगका अनुसार नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने,नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिनेलगायतका निर्णय गरेको समाचार प्रकाशित भएसँगै स्पष्टीकरण माग गरिएको हो ।
टिप्पणीहरू