करेला खाने कि कुल्चने ?

करेला खाने कि कुल्चने ?

करेला सेवन मानव स्वास्थ्यको निम्ति निकै हितकारी मानिन्छ । विशेष गरी उच्च रक्तचाप र मधुमेहका बिरामीलाई करेला र नीमको सेवन गर्न चिकित्सक र वैद्यहरुले नै सल्लाह दिने गर्छन् ।

तर, भारतमा त्यही करेला र नीम खाएर होइन, कुल्चेर ती रोग निको पार्न सकिने बताइएको छ । करेला र नीमलाई खाएर होइन,नियमित कुल्चेर रोग हटाउन सकिने भिडियो प्राप्त भएको छ ।

मृगौला, मधुमेह, उच्चरक्तचाप जस्ता रोग लागेका केही महिला र पुरुषले करेला र नीमको पात धुलो पारेपछि बनाइएको लेदोमाथि कुल्चेर रोग निको भएको बताएका छन् । त्यससम्बन्धी भिडियो अहिले भाइरल पनि भएको छ ।

उक्त भिडियोमा डेढ दशकदेखि उच्च रक्तचापको समस्या भएकी एक महिला चार दिनदेखि करेला र नीमबाट बनेको लेदोमाथि खाली गोडा उफ्रेको देखिन्छ । ती महिलाले त्यसो गरेको बखत आफ्नो मुखमा तीतो स्वाद आएको पत्रकारसँगको कुराकानीमा बताएकी छन् ।

त्यसैगरी करेला र नीमको झोलमा खाली गोडा उफ्रेका एक पुरुषले पनि सोही कुरा दोहोर्याएका छन् । उनीहरुले त्यसो गर्न थालेपछि इन्सुलिनसमेत लगाउन छाडेको सवर्ग उल्लेख गरे ।

उक्त उपाय गर्नेहरुले एक जना भारतीय चिकित्सकको सल्लाहबमोजिम करेला कुल्चेको रहस्य पनि खोले । तर, ती चिकित्सक को हुन् भन्नेबारे केही उल्लेख गरेका छैनन् । उक्त उपचार पद्धतिलाई निम–करेला नृत्यको संज्ञा दिइएको छ ।

टिप्पणीहरू