मनाङमा उठ्ने तीनजना मात्रै

मनाङमा उठ्ने तीनजना मात्रै

मङ्सिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ हिमाली जिल्ला मनाङमा सबैभन्दा कम तीनजनाले उम्मेदवारी दिएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ संघीय सांसदका लागि उम्मेदवार बनेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । यहाँ कुल ६ हजार सात सय ७९ मतदाता छन् ।

०७४ को चुनावमा एमालेका पाल्देङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । काँग्रेस र एमाले नै मुख्य प्रतिष्पर्धी रहँदै आएको यहाँ यीनै दुईबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ ।

टिप्पणीहरू