एमाले अध्यक्षले एमाले र राप्रपाका कार्यकर्तालाई संयुक्त प्रशिक्षण दिने
चुनावी अभियानका लागि गृहजिल्ला झापा पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओली आज धुलाबारीमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुनुभएको छ ।
झापा–१ को चुनावी कार्यक्रमअन्तर्गत एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ त्यहाँ जानुभएको हो । निर्वाचन प्रचारप्रसारका लागि आज दुवै पार्टीले संयुक्त भेला गरेर अध्यक्ष ओलीलाई निम्त्याइएको बताइएको छ ।
हिजो उहाँ काठमाडौंबाट झापा पुगेलगत्तै बिरामी हुनुभएको खबर बाहिरिएको थियो ।
झापामा एमाले र राप्रपाका दुवै अध्यक्षको जीत सुरक्षित गराउन तालमेल भएको छ । जसअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई झापा–३ छाडेर बाँकी एमालेले लिएको छ । तर, ओलीको निर्वाचन क्षेत्र झापा–५ का राप्रपाका नेता–कार्यकर्ता तालमेलप्रति असन्तुष्ट रहेको चर्चा सुनिन थालेको छ ।
टिप्पणीहरू