माओवादी अध्यक्ष पत्नी सीता सिकिस्त
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । जटिल प्रकारको रोगबाट पीडित उनलाई आज अकस्मात स्वास प्रश्वासमा समस्या देखिएपछि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्याइएको बताइन्छ ।
दिउँसो सोही अस्पतालको इमर्जेन्सीमा लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि अहिले आइसीयुमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उहाँ यसअघि तीन दिनको उपचारपछि मेडिसिटीबाटै हिजो डिस्चार्ज हुनुभएको थियो । तर आज पुनः स्वास्थ्य समस्या बढेपछि अस्पताल लगिएको हो ।
टिप्पणीहरू