बालुवाटारमा गृहमन्त्री, सिंहदरबारमा राजदूत
प्रधानमन्त्रील शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच लामो छलफल भएको छ । आज दिउँसो ३ बजेदेखि झण्डै सवा घण्टा उहाँहरुबीच बातचित भएको बताइएको छ ।
उता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सचिव र कतारका राजदूतबीच भेटवार्ता भएको छ । राजदूत यूसुफ बिन मोहम्मद अल हैल सचिव भरतराज पौड्यालसँग भेटवार्ताको निम्ति दिउँसो पौने ४ बजे त्यहाँ जानुभएको हो ।
उहाँहरुबीच करिब आधा घण्टा विचार विमर्श भएको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू