प्रचण्ड बालुवाटार पुग्नुभयो

प्रचण्ड बालुवाटार पुग्नुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको निम्ति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।

पौने ५ बजेको समयमा त्यहाँ पुग्नुभएका अध्यक्ष र प्रधानमन्त्री देउवाबीच कुराकानी भइरहेको बताइन्छ । यसअघि आजै बिहान प्रधानमन्त्रीसँग गृहमन्त्री बालकृष्ण खाँणले सवा घण्टा छुट्टै कुराकानी गर्नुभएको थियो ।

टिप्पणीहरू