प्लास्टिकका फूलगुच्छा र माला बेच्नेलाई १ लाखसम्म जरिवाना
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लैजाने भएको छ । वन तथा वातावरण मन्त्रालयले गत साउन १२ गते गरेको निर्णय तिहारअघि लागु गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयमा प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाइको छ । त्यसैले तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लैजान खोजिएको बताइएको छ ।
वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न सचेत गराएको छ । सूचनामा भनिएको छ, ‘कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुने छ ।’


टिप्पणीहरू