भीरमा पिसाब फेर्न गएका पुरुषको मेरुदण्ड भाँचियो
लमजुङमा एक पुरुष भीरबाट लडेर घाइते भएका छन् । पिसाब फेर्न जाने क्रममा सदरमुकाम बेशीसहर–३, गाउँसहरका ५० वर्षे देवबहादुर देउजा भीरबाट खसेर गम्भीर घाइते भएका छन् ।
हिजो साँझ ४ बजेतिर पिसाब फेर्न लमजुङ मावि, गाउँसहर नजिकैको आलडाँडा भीर पुगेका देउजा चिप्लिएर लडेका हुन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र मेरुदण्ड भाँचिएको बताइएको छ ।
देउजाको फोक्सो समेत फुटेर रगत जमेको जिल्ला अस्पताल लमजुङले जनाएको छ । ४ बजेतिर लडे पनि उनलाई सदरमुकामको अस्पताल ल्याउँदा साँझको ५ बजिसकेको थियोे ।
आफ्नो बुताले भ्याएसम्म लमजुङ अस्पतालले उपचार गरे पनि नसकेपछि सिएमसी अस्पताल भरतपुर रिफर गरिएको छ । सिएमसीले काठमाडौं रिफर गर्न लागेको बिरामीको आफन्तले जानकारी दिएका छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू