भाषा र संस्कृतिको क्षेत्रमा काम गर्नेलाई सरकारले पुरस्कृत गर्ने

भाषा र संस्कृतिको क्षेत्रमा काम गर्नेलाई सरकारले पुरस्कृत गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९–८० को स्वीकृत कार्यक्रमअनुसार मन्त्रालयले पुरस्कार वितरण गर्न लागेको हो ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारसम्बन्धी कार्यविधिको दफा–४ को (६) मा व्यवस्था भएबमोजिम चार विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटा प्रदेशबाट एक–एक जनालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संस्कृति, संगीत तथा नाट्य, ललितकला, भाषा एवम् साहित्य विधामा योगदान दिएका व्यक्ति वा संस्थाहरुले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि व्यक्ति वा संस्थाको विस्तृत विवरण, सम्पर्क ठेगाना, इमेल, मोबाइल नम्बर, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति फोटो, स्थायी लेखा नम्बर, प्रकाशित उत्कृष्ट कृतिहरुको विवरण (एक प्रति कृति सम्भव भएसम्म) र प्रकाशित कृति नभएको अवस्थामा प्रतिभाको परिचात्मक अन्य साम्रगी पेश गर्नुपर्नेछ ।

आगामी ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ । मन्त्रालयको वेवसाइटमा भएको आवेदन फाराम भरेर प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।

टिप्पणीहरू