उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ?
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको शीर्षक निर्धारण गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारले ऐन तथा कानुनको परिधिभित्र रहेर खर्च गर्न आयोगले आठ वटा शीर्षक निर्धारण गरेको बताइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुने गरी उम्मेदवारले अधिकतम हदभित्र रहेर खर्च गर्न पाउने आयोगको भनाइ छ ।
आयोगकाअनुसार मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारी साधन, ढुवानी र अन्य प्रचारप्रसारमा उम्मेदवारले खर्च गर्न सक्नेछन् ।
आयोगले उम्मेदवार तथा दलहरुले गर्ने खर्चको सीमा यसअघि नै तोकिसकेको छ ।
टिप्पणीहरू