प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक
नेपाल किक्रेट संघ (क्यान) ले आगामी कात्तिक १३ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप पुरुष किक्रेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
कात्तिक १३ देखि २६ गतेसम्म टियु र मूलपानी किक्रेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ । समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, सूदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेका छन् ।
प्रतियोगिताको उद्धघाटन खेल त्रिवि मैदानमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । मूलपानी क्रिकेट मैदानमा पुलिस र बागमती प्रदेशबीच भिडन्त हुनेछ ।
दोस्रो दिन समूह ‘ए’ बाट सूदुरपश्चिम र गण्डकीबीच प्रतिष्पर्धा हुँदा ‘बी’ बाट पुलिस क्लब र प्रदेश १ भिड्ने छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
टिप्पणीहरू