प्रधानमन्त्री र माधव हिजो, प्रचण्ड आज

प्रधानमन्त्री र माधव हिजो, प्रचण्ड आज

पोखरामा आयोजना गरिएको सत्ता गठबन्धन दलहरुको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान पोखरा जानुभएको हो । पोखरामा उक्त कार्यक्रम आज बिहान ११ बजेदेखि भइरहेको छ ।

सोही कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल आज बिहान ९ बजे त्यता जानुभएको हो । उहाँ बिहान ९ बजे यति एअरलाइन्सको उडान नम्बर एनवाइटी ६७३ मा काठमाडौंबाट पोखरा पुग्नुभएको हो ।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा हिजो दिउँसो सेनाको हेलिकप्टरमा बालुवाटारबाट सोझै पोखरा जानुभएको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि हिजै त्यहाँ पुग्नुभएको हो । उहाँ बुद्ध एअरको उडानमा बिहान ९ बजेको समयमा काठमाडौंबाट पोखरा जानुभएको थियो ।

सत्तारुढ गठबन्धनको यस्तै प्रशिक्षण कार्यक्रम आजै दिउँसो २ बजे बुटवलमा शुरु भएको बताइन्छ ।

टिप्पणीहरू