अमेरिकी राजदूत सिंहदरबार पुग्नुभयो
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन, शीतल निवासमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएका नवनियुक्त अमेरिकी राजदूत आजै सिंहदरबार पुग्नुभएको छ । राजदूत डिन थम्पसनले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राजदूत थम्पसन मन्त्री खड्कासँग अपरान्ह पौने ४ बजे भेटवार्ता गर्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको हो । उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
परराष्ट्रमन्त्री खड्कासँग आजै दिउँसो साढे ४ बजेको समयमा नेपालका लागि आइसल्याण्डका गैरआवासीय राजदूत गुड्नी ब्रागासनले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच झण्डै आधा घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू