गोरखा प्रशासनको कडाई : जुवातास निषेध, देउसी भैलोको समय निर्धारण

गोरखा प्रशासनको कडाई : जुवातास निषेध, देउसी भैलोको समय निर्धारण

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका गोरखाले राति अबेरसम्म देउसी खेल्न रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले एक सूचना जारी गर्दै संस्कार र संस्कृतिअनुसार मितव्ययी रुपमा चाडपर्व मनाउनु सबै नागरिकको कर्तव्य भएकाले कानून विपरित कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । सूचनामा सार्वजनिक सवारी साधनहरुमा सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु राख्न नपाइने तथा जुवातास, कौडा खेल्न कानूनले निषेध गरेकाले जिल्लामा यस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ ।

‘पटका, आतसवाजी, झिरझिरे, भुईचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग र ओसारपसार एवम् विक्री वितरण नगर्न अनुरोध गरिन्छ,‘ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू