सानो निहुँ, राम्रा मान्छेको गयो जिउ
प्याराग्लाइडिङ प्रतिस्पर्धाका लागि आकाशतर्फ उक्लिँदा ५० मीटर माथि पुगेपछि हावाको भुमरीमा परी एकजना उत्कृष्ट खेलाडीले १ मीनेटभित्र, एक चक्कर लाउनै नपाई खसेर ज्यान गुमाए । सरकारलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एउटा अवरोध हटाउने बहाना चाहिएको थियो, त्यही मौकामा देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लाग्यो ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापा त्यस्तो दुर्घटनामा परेका हुन् । प्रतियोगितामा पहिलो उडान उनैको थियो । उनी उडेको एक मीनेटसम्म ५०–६० मीटरको दूरीमै थिए । हावाको बेग चाहिनेभन्दा बढी थियो । त्यसमाथि भुमरीमा परे । एकापट्टिको भागमा हावै भरिन पाएन । केही माथि उक्लिन पाएको भए उडानको दिशा बदल्न सक्थे तर भुमरीले माथि जान नदिँदा सुरक्षित भई अवतरण गर्न चाहे । दुर्भाग्यवस् भुइँमा बजारिए ।
मृतक निसिम पोखराकै बासिन्दा हुन् । १० वर्षदेखि प्याराग्लाइडिङ उडाउँदै आएका उनी सुरक्षित पाइलटका रुपमा प्रख्यात थिए । सेनाले पनि आफ्नोतर्फबाट जित हासिल गर्ने लोभमा आठौं प्रतियोगिताका स्वर्णपदक बिजेता उनलाई करारमा राखेको थियो । तर, हावाको भुमरीले आकाशबाट सीधै जमिनमा बजारिदियो र जीवन गुमाए ।
सेनाले यसअघि असोज २२ देखि २४ सम्म बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित ‘क्याम्ब्रियन पट्रोल– २०२२’ मा रजत पदक पाएको थियो । पोहोर कोरानाको कारण रोकिएको यो खेलमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० जनाको टोली त्यहाँ पुगेको थियो भने दोस्रो वरियताका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीको अवकाशसँगै अब तीनतारेमा बढुवा हुन लागेका सीताराम खड्का त्यसैको समापन समारोहमा भाग लिएर फर्किएका छन् ।
युद्धकालका विशेष परिस्थितिहरुको कल्पना गर्दै शत्रु पक्षको गतिविधि पनि समेटेर सञ्चालन गरिने उक्त विश्वस्तरीय सैन्य अभ्यासमा एकचोटि नेपालले स्वर्णपदक जितेको थियो । अप्ठेरो भौगोलिक क्षेत्रमा क्याम्ब्रियन पट्रोलमा जानेहरुले दुई दिनभित्र हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरणसहित बन्दोबस्तीका सामान बोकेर झण्डै ५० किलोमीटर हिँड्नुपर्छ । उनीहरुको हिँडाई यस्तो हुन्छ कि मानौँ, लडाइँको तयारीमा जाँदैछन् ।
टिप्पणीहरू