वायुसेवा निगमको भारतमा व्यापारिक रणनीति, ‘सेल्स मिट एण्ड इन्टरएक्सन’
नेपाल वायुसेवा निगमले भारतमा ‘सेल्स मिट एण्ड इन्टरएक्सन’ कार्यक्रम आयोजना गरेको छ । जनरल सेल्स एजेण्टको संयुक्त आयोजनामा गत असोज २६ र ३१ गते भारतको मुम्बई र बैङ्लोरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरुसँग उक्त कार्यक्रम सम्पन्न गरेको निगमले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले स्थापनाकालदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्दै आएको र हाल मुुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रुपमा भरपर्दो, सुलभ र गुणस्तरीय हवाई सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभएको छ । त्यस्तै, उहा“ले कोरोना महामारीको कारण विश्वव्यापी रुपमा हवाई सेवामा आएको संकुुचनबाट निगम पनि मुक्त नभएको सन्दर्भमा हाल यसमा सुधार आएको उहाँको भनाइ छ ।
निगममा नयाँ व्यवस्थापनसँगै अन्तर्राष्ट्रिय उडान क्रमशः विस्तार हुँदै गएको र आगामी दिनमा चीनको ग्वाङ्झौ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलियासम्म सेवा बिस्तार गरिने लक्ष्य राखिएकाे अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

नेपाल र भारतबीच भौगोलिक निकटतासँगै जनस्तरमासमेत सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ भएकाले विश्व सम्पदासूचीमा सूचीकृत विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा एवम् नेपालको प्रमुख कला संस्कृति पर्यटकीय आकर्षणको क्षेत्र भएकाले भारतीय पर्यटकको निम्ति नेपाल प्रमुख गन्तव्य रहेको अधिकारीको भनाइ थियो ।
कार्यक्रममा निगमले प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाको प्रस्तुतीकरण समेत गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । दुवै स्थानका कार्यक्रममा संगीतकार रणजीत गजमेरसहित विभिन्न व्यक्तिको उपस्थिति थियो । १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जनरल सेल्स एजेण्टबीच छलफल तथा विमर्श भएको बााइएको छ ।
कार्यकारी अध्यक्ष अधिकारीलाई नेपाली समुदायका तर्फबाट सम्मानसमेत गरिएको थियो ।
टिप्पणीहरू