सहरी विकासमन्त्रीको ‘ननस्टप’ भाषण : ‘मंसिर ४ गते एमालेको बिदाई’

सहरी विकासमन्त्रीको ‘ननस्टप’ भाषण : ‘मंसिर ४ गते एमालेको बिदाई’

दाङको निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवम् सहरी विकासमन्त्री मेटमणि चौधरी पछिल्लो सातादेखि दिनहुँ निर्वाचन प्रचारमा व्यस्त हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने उहाँले बताउनुभयो ।

लमही नगरपालिकाका विभिन्न वडामा वाम–लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनताको अभिमतको अपमान गर्दै तत्कालीन प्रधानमत्री केपी शर्मा ओलीले संविधान धुजाधुजा बनाउन खोजेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘जनताले निकै ठूूलो बलिदानी गरेर बनाएको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजियो । त्यसैले आगामी चुनावमा एमाले धुलोपिठो हुन्छ ।’

मुलुकमा व्यवस्थाको विषय जोडिएपछि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास रहेको उहाँले उल्लेख गर्नुभयो । २०६२÷६३ मा आफूहरु एक हुँदा राजतन्त्र समाप्त भएझैँ यो वर्षको चुनावले ओलीको पार्टीलाई बिदाइ गर्ने मन्त्री चौधरीको ठहर छ ।

‘देश बचाउन, व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन् । जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन्,’ मन्त्री चौधरीले प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू