सत्ता गठबन्धनको बाग्मती भेला आज

सत्ता गठबन्धनको बाग्मती भेला आज

सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । कात्तिक ४ गतेबाट सुरु भएको गठबन्धनको संयुक्त प्रशिक्षण भेला छ वटा प्रदेशमा सकिसकेको छ । आज दिउँसो काठमाडौंमा अन्तिम भेला हुन लागेको हो ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ आयोजित भेलालाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने बताइएको छ ।

गठबन्धनले हिजो सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो । एकीकृत समाजवादीको समन्वयमा शुक्रबार गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो ।

अस्ति कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।

टिप्पणीहरू