एक दिनमा ‘खण्डकाव्य’ र १० दिनमा ‘महाकाव्य’ लेख्ने महाकविलाई सम्झिँदै

एक दिनमा ‘खण्डकाव्य’ र १० दिनमा ‘महाकाव्य’ लेख्ने महाकविलाई सम्झिँदै

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । उहाँको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

महाकवि देवकोटाको जन्म विक्रम सम्बत १९६६ कार्तिक कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । देवकोटाका धेरैवटा महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भइसकेका छन् ।

नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक बनेको छ । उहाँका रचनामा मानवतावाद र प्रकृतिप्रेम बढी पाइन्छ ।

महाकविले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एक दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएको थियो ।

टिप्पणीहरू