खर्च गर्ने कहाँ ?

खर्च गर्ने कहाँ ?

आमचुनाव नजिकै आउँदै छ । यस्तो बेला निर्वाचन आयोगले अनौठो नियम सार्वजनिक गरेको छ । यो उम्मेदवारहरूका लागि खुशीकै कुरा हुनुपर्छ । किनभने निर्वाचन आयोगले साँच्चै यो नियम लागू गरिहाल्यो भने उम्मेदवारहरूले चुनावमा ३३ लाख त के ३३ सय रूपैयाँ पनि खर्च गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले चुनाव प्रचार गर्न जम्मा १७ दिनको समय दिएको छ । जनताले यही १७ दिनको प्रचार प्रसार हेरेर आफूलाई पाँच वर्ष शासन गर्ने मान्छे छान्नुपर्नेछ । अब चुनाव प्रचार नै जम्मा १७ दिन गर्ने हो भने यसमा खर्च नै कति हुन्छ र ? उही दुई चार सय नै त हो । महिनौँ प्रचार गर्नुपरे पो लाखौं खर्च हुन्छ । जाबो १७ दिनको प्रचारमा कति नै खर्च हुने हो र !

त्यस्तै, घरदैलो जाँदा पनि २५ जनाको समूह मात्र जान मिल्ने रे, त्योभन्दा बढी लिएर जान नमिल्ने । अब २५ जनालाई चाउचाउ ख्वाउँदा कति नै खर्च हुन्छ र !

ठुल्ठूलो ¥याली निकाल्न पाइँदैन रे ! आमसभा गर्न पाइँदैन रे ! अब यति भएपछि उम्मेदवारले अरु उम्मेदवारीलाई किन्नै पाउने अवस्था भएन । अब अरुलाई तान्न, बिगार्न खर्च हुन्छ कसरी ?

टिप्पणीहरू