जीवन जिउनका लागि प्यार ठूलो कि पैसा ?

जीवन जिउनका लागि प्यार ठूलो कि पैसा ?

प्रेम होस् वा विवाह सम्बन्ध गाँस्दा धनाढ्य र व्यापारी रोज्ने एकपछि अर्का नायिकाको सम्बन्ध कालान्तरमा एक्लै हुने गरेको देखिए/भेटिएको छ ।

पर्यटन क्षेत्रका पायोनियर हुन्, आङछिरिङ शेर्पा । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष, अहिले सल्लाहकार अनि एशियन ट्रेकिङका मालिक तर उनकै पुत्रलाई पत्याउँदा केही चल्तीका नायिकादेखि मोडलसम्मको जिन्दगी बर्बाद भएको छ । दावा स्टेफनको रहर नायिका/मोडललाई चुस्ने, रस निख्रिएपछि छोडिदिने ।

यही मेलोमा थपिएकी छिन् नायिका नम्रता श्रेष्ठ । दावा र नम्रताबीचको चार वर्षे लामो प्रेम सम्बन्धमा औपचारिक रूपमा पूर्ण विराम लागेसँगै नम्रता फेरि एक्लिएकी हुन् ।

दावा यसअघि साहना बज्राचार्यदेखि नायिका निशा अधिकारीसँग निकट थिए । साहनासँग त लिभिङ टुगेदरकै सम्बन्धमा थिए । जब निशाको प्रवेश भयो तब साहनासँगको सम्बन्ध टुटेको थियो । दावासँगको सम्बन्धलाई पूर्णविराम लगाएर नायिका निशा अधिकारीले जीवन साथी रोजिन् क्रिकेटर शरद भेषावकरलाई । पैसाको कुनै दुःख नभएका दावा निशापछि नजिकिए नायिका नम्रता श्रेष्ठसँग ।

उनीहरूबीच झण्डै चार वर्ष टिकेको प्रेम सम्बन्धमा अन्ततः दरार आएको छ । यसको पुष्टि दावाले आफ्नै सामाजिक सञ्जालमार्फत गरेका हुन् । दावाले हालै मात्र इन्स्टाग्राममा माइ लाइफ भन्दै नयाँ प्रेमिका रिया श्रेष्ठको तस्बिर सार्वजनिक गरेका छन् ।

आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्काे बेल्जियमकी । उनको नाम शेर्पाबाबुबाट दावा र बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै दावाको मन साहना, निशा हुँदै नम्रताबाट तोडिएर अब नयाँ प्रेमिका रिया श्रेष्ठसँग जोडिएको छ । उता रंगीन दुनियाँमा अर्की नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध बिग्रिएको खबर छ । वर्ष दिन नपुग्दै सम्बन्धमा फाटो आएको हो ।

गत वैशाखको ९ गते वर्षाले अमेरिकामा बस्दै आएका आशिष गेलाललाई जीवनसाथी चुनेकी थिइन् । नेपाली फिल्म उद्योगमा स्थापित हुन संघर्ष गरिरहेकी वर्षाको वैवाहिक बन्धनमा बाँधिएको ६ महिना नबित्दै आशिषसँग सम्बन्ध चिस्सिएको शुभचिन्तकहरूले शंका गरेका छन् ।

प्रेम एउटासँग, विवाह अर्कैसँग । सिनेनगरीमा यो नौलो कहानी होइन । प्रेम सिनेनगरीकै चुलबुलेसँग अनि विवाहचाहिँ आफूले जे भन्यो त्यही मान्ने उमेर छिप्पिएको धनाढ्यसँग ? नेपाली सिने नगरीमा मौलाउँदै गएको दृश्य हो यो । जस्तो कि गरिमा पन्तले बेल्जियममा रेस्टुरेण्ट चलाएर बस्ने उमेर ढल्किएका हरि शर्मा थपलियालाई जीवनसाथी रोज्न पुगिन् ।

फिल्म लाइनकै प्रसन्न पौडेलसँग सम्बन्ध तोडेर सिम्पल खनालले भारतीय मूलका नदिमलाई आफ्नो बनाइन् । रेजिना उप्रेतीले लण्डनमा व्यवसाय गर्ने सुरज पोखरेललाई रोज्दा हर्षिका श्रेष्ठले भारतीय व्यापारी प्रसुन्न झुनझुनवालासँग लगनगाँठो कसिन् ।

उनीभन्दा अघि नै विपना थापाले भारतीय व्यापारी आशुतोष भारद्वाज, झरना बज्राचार्यले भारतीयमूलकै राहुल अग्रवालसँग साइनो गाँस्दा, दिकेश मलहोत्रासँग पूर्व मिस नेपाल जेनिशा मोक्तानले सम्बन्ध जोडिन् । अधिकांश नायिका वा सेलिब्रिटीहरूले पैसावाल श्रीमान् रोज्दा उनीहरूको सम्बन्ध दिगो हुन सकेको देखिँदैन ।

टिप्पणीहरू