मधेशको त बुझीसाध्य छैन मर्म
-रूपकमल साेनार
वैशाख ३० गतेसम्म कुशासन कस्तो भने तेज विद्यार्थीले पाउने छात्रवृत्ति वा ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ता बैंक खातामा नपठाएर मालिकले मन लागेजति दिने र बढी रकममा हस्ताक्षर गर्न लगाउने, केही पनि पुर्जा नदिने थियो ! हाम्रो वडालगायत समग्र मधेशको साझा समस्या के हो भने दशैंभरि एकाह सीताराम नाम २४ सै घण्टा लाउडस्पिकरमा बजाउने, जसले गर्दा आफ्नो घर बीच बजारमै परेकाले किर्तन नसकुञ्जेल १ घण्टा पनि सुत्न नपाउने । आँखा राताराता हुने र निद्रा नपुगेर विभिन्न रोगस“गै झर्काे लाग्ने ।
स्कुले विद्यार्थीको बिहान–बेलुका पढाइ हुन्छ तर तिनले सुत्ने बेला स्पिकर नबजाउनुस् भन्दा कसले सुन्ने ? गाउँतिर फेसबुक, टिकटकले यतिसम्म प्रभाव पारेको छ कि छाडा शब्द छ्याप्छ्याप्ती । सचेत वर्गका केहीलगायत अन्यमा एउटा भयंकर रोग के देखियो भने अरूको आली, खेत, घरजग्गा बिस्तारै सिमाना सार्दै वा उखेलेर फाल्दै कब्जा गर्दै जाने, जुन समस्या फस्र्याेटले वडाध्यक्षको बढी समय लिन्छ । यस्ता लालपुर्जा र नक्शासहितको जग्गा नापी गर्न छरछिमेक र वडाध्यक्ष तयार रहेको अवस्थामा लुकिदिने अनि एक्लै नापेर कब्जा गर्न खोजेको पाइन्छ । यिनीहरूले अरूको लालपुर्जावाला जमिन खाने र चापाकलको पानी अरूको घरमा रसायन मिसाएर दनेसम्मको हर्कत गर्ने गरेका छन् ।
यसरी एकातिर सडकमा पानी, अर्काेतिर नाला नहुने र सडकमाथि माटो हालेर ढलान गर्ने परिपाटीले आज उच्च पारेर बनाएको घर जम्मा १५–२० वर्षमा सडकको सतहभन्दा तल पुगेर उल्टै सडक र वर्षातको पानी पस्ने अवस्था छ । यो समस्याबाट म स्वयं पीडित छु । यी समस्याका अलावा अझै गाउँमा बिजुलीबत्ती हुकिङ गरी चोरेर बाल्ने, एनटिसी–एनसेलको एउटै टावर नहुँदा फोन, डेटा केही नचल्ने, चापाकलको लगायत थुप्रै अप्ठ्यारा छन् ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
टिप्पणीहरू