निर्वाचन आयोगको निर्देशन तारन्तार

निर्वाचन आयोगको निर्देशन तारन्तार

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न–गराउन सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय बनाउनुपर्नेमा जोड दिँदै आयोगले प्रचारप्रसारसम्बन्धी निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न–गराउन निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क) (१) मा त्यसरी प्रचारप्रसार गर्दासमेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाउने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

त्यस्तै, मन्त्रीलगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्यका लागि हेलिकप्टरलगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने गरेको खबर सार्वजनिक भइरहेको बताउँदै आयोगले प्रदेश मुख्यमन्त्री कार्यालयलाई चुनाव प्रचारमा सरकारी स्रोतसाधनको प्रयोग हुन नदिन भनेको छ ।

टिप्पणीहरू