गुरुङको ठाउँमा सत्ता गठबन्धनको समर्थन थापालाई

गुरुङको ठाउँमा सत्ता गठबन्धनको समर्थन थापालाई

सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले आज वक्तव्य निकालेर थापालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

रुपन्देही–२ मा एकीकृत समाजवादीका नेता राजु गुरुङ गठबन्धनका साझा उम्मेदवार थिए । तर, उनको उम्मेदवारी खारेज भएपछि अन्योलमा परेका गठबन्धन दलहरु आज जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निश्कर्षमा पुगेका हुन् ।सो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

टिप्पणीहरू