कार्वाहीमा एमालेका अरु तीन कमरेड
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका अरु तीन नेतालाई कारबाही गरेको छ । एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकका अनुसार अनुशासन उल्लंघन गरेवापत प्रदेश कमिटी सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर),प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निश्कासित गरिएको छ ।
उनीहरूलाई पार्टी विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यतासमेत नरहने गरी निश्कासन गरिएको एमालेले जनाएको छ । तीनै जनामाथि आसन्न संसदीय निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेकाले कारवाही गरिएको एमालेको ठहर छ ।
एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।
टिप्पणीहरू