विश्वकै धनाढ्यले गरे चार शीर्ष अधिकारी बर्खास्त

विश्वकै धनाढ्यले गरे चार शीर्ष अधिकारी बर्खास्त

विश्वकै धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि त्यसका चार जना उच्चपदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । ट्वीटरसँग ४४ अर्ब डलरको ‘डिल क्लोज’ गरेसँगै मस्कले ट्विटरका सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त गरिएकाहरुमा ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, प्रमुख कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट हुन् ।

गत बुधबार सान फ्रान्सिस्कोमा रहेको कम्पनीको मुख्यालय पुगेर इन्जिनियर तथा विज्ञापन कार्यकारीहरूसँग भेटेपछि उनले उक्त निर्णय गरेको बताइन्छ ।

टिप्पणीहरू