मोटरसाइकल पल्टिँदा चालक ठहरै
कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । कैलारी गाउँपालिका-५ मा आज बिहान मोटरसाइकल नालीमा पल्टिएर भएको उक्त दुर्घटनामा परि चालक स्थानीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
हसुलिया-गोबरैला सडक खण्डमा से ६ प ५५ ८६ नम्बरको मोटरसाइकल सडक किनारको नालीमा पल्टिएको प्रहरी कार्यालय हसुलिया कैलालीले जनाएको छ ।
टिप्पणीहरू