प्रधानमन्त्री कृष्ण मन्दिर जानुहुँदै

प्रधानमन्त्री कृष्ण मन्दिर जानुहुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले केहीबेरमा ललितपुरको मंगलबजार जाँदै हुनुहुन्छ । उहाँ दिवंगत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १३ औं दिनमा आयोजित कार्यक्रममा सहभागी हुन स्थानीय कृष्ण मन्दिर प्राङ्गणमा जान लाग्नुभएको हो ।

गत असोज ३० गते निधन हुनुभएका जोशीको आज १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली तथा शोक सभाको आयोजना गरिँदैछ ।

टिप्पणीहरू