सत्ता गठबन्धनले उम्मेदवारको सूची सार्वजनिक गर्ने
सत्ता गठबन्धनले साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने भएको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले आज विज्ञप्ति सार्वजनिक गर्दै सीट भागबण्डाका क्रममा देखिएका समस्याको तत्काल समाधान खोज्ने प्रतिबद्धता पनि गरेका छन् ।
गठबन्धन दलहरुले कतिपय क्षेत्रमा आ–आफ्ना उम्मेदवारी दिएका छन् । ती क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने बताउँदै एक–आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी नेताहरुले गरेका छन् ।
त्यस्तै, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मतदातालाई अपीलसमेत गरेका छन् ।
टिप्पणीहरू