अमेरिकी सभामुखका श्रीमानमाथि घरभित्रै आक्रमण

अमेरिकी सभामुखका श्रीमानमाथि घरभित्रै आक्रमण

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसीमाथि आक्रमण भएको छ । एक हतियारधारीले घरभित्रै आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको बताइएको छ ।

पेलोसीलाई आफ्नै निवासमा एक जनाले हथौडाले टाउको र हातमा प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ । ८२ वर्षका पेलोसीको टाउको र हातमा गम्भीर चोट लागेकाले शल्यक्रिया गरिएको छ ।

सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले घरभित्र छिरेका ती आक्रमणकारीको निशानामा उनका पति परेको बताइएको छ । संदीग्ध एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू