गृहमन्त्रीले गर्नुभयो रासायनिक मलको कुरो
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले भारतसँग रासायनिक मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । उहाँले मल अभाव हुन नदिन सरकारले भारत सरकारसँग जिटुजी मार्फत् रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभएको हो ।
आज रुपन्देहीको भैरहवा र ओमसतियमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले मल अभाव हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभयो । ‘दीर्घकालीन रुपमै मल अभाव हुन नदिन सरकारले स्वदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना अगाडि बढाएको छ,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री खाँण सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुुनुहुन्छ ।
टिप्पणीहरू