खोलाको बालुवामा नवजात शिशुको शव
सिरहाको खोला किनारमा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । गोलबजार नगरपालिका–८ स्थित मैनावती खोलामा महिना पुगिसकेको देखिने शिशु (बालक) को शव आज फेला परेको हो ।
छठ पर्वको लागि खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आवश्यक प्रक्रिय पूरा गरी पोष्टमार्टमको निम्ति शव प्रादेशिक अस्पताल लहान पठाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू