आज साँझ प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

आज साँझ प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ भर्चुअल सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा विदेशस्थित जनसम्पर्क समितिको भूमिकाबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

काँग्रेस केन्द्रीय प्रचार–प्रसार समितिले आयोजना साँझ साढे ५ बजेलाई तय गरेको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि सम्बोधन गर्ने बताइएको छ ।

त्यसैगरी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता एवम् प्रचार प्रसार संयोजक डा. प्रकाशशरण महत, नेता डा. शेखर कोइरालाले पनि भर्चुअल सम्बोधन गर्ने जानकारी दिइएको छ ।

टिप्पणीहरू