छठ पूजा गर्न फर्स्ट लेडी गङ्गा सागरमा

छठ पूजा गर्न फर्स्ट लेडी गङ्गा सागरमा

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजा गर्नुभएको छ । आज जनकपुरधाम पुगेर उहाँले अपराह्न सन्ध्या अर्घ्य अर्पण गर्नुभएको हो ।

आज साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

तस्बिर : घनश्याम मिश्र

टिप्पणीहरू