दुर्गाका निम्ति स्वतन्त्र उम्मेदवारको बलिदान
प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदी चुनावी दौडबाट फिर्ता भएका छन् । उम्मेदवारी फिर्ता लिँदै उनले राष्ट्रिय जनमोर्चा पार्टीकी दुर्गा पौडेललाई समर्थन गर्ने बताए ।
सुवेदीले पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पौडेललाई समर्थन गर्दै आफू पछि हटेको स्पष्ट पारेका छन् । ‘देशलाई प्रतिगमनतर्फ लैजाने शक्तिलाई परास्त गरी लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर वाम–लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मैले मेरो उम्मेदवारी फिर्ता लिई दुर्गा पौडेललाई नै सहयोग र समर्थन गरेको छु’, उनको भनाइ छ ।
टिप्पणीहरू