दिउँसो निर्वाचन क्षेत्रमा ढलेका डा. सशांकको स्वास्थ्य कस्तो छ ?

दिउँसो निर्वाचन क्षेत्रमा ढलेका डा. सशांकको स्वास्थ्य कस्तो छ ?

चुनावी सभामा एक्कासी अचेत भएर ढलेका नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।

पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक–वाम गठबन्धनको उम्मेदवारसमेत रहेका डा. कोइराला आज दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो ।

उपचारमा संलग्न डा. मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।

कोइराला नवलपरासीको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा एकाएक अचेत भएका थिए ।

टिप्पणीहरू