सडकमा हिँडेकालाई लतारेर कार बेपत्ता, ३५ दिने शिशुसहित ३ को मृत्यु

सडकमा हिँडेकालाई लतारेर कार बेपत्ता, ३५ दिने शिशुसहित ३ को मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको ज्यान गएको छ । ओमसतिया गाउपालिका–४, पननीमा आज बिहान कारको ठक्करबाट उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनका बालक हुन् । उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

कारको ठक्करबाट २४ वर्षीया वन्दना कुर्मी र २९ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

नम्बर नखुलेको कारले आज बिहान पैदल हिँडिरहेका पाँच जनालाई एकैसाथ ठक्कर दिएको थियो । प्रहरीका अनुसार कारसहित चालक फरार छन् । कार र चालक दुबैको खोजी कार्य भइरहेको छ ।

टिप्पणीहरू